मुख्य समाचार

दिपक कडेल को फोटो हेरेर सार्बजनिक भिडियो सहित

काठमाडौं– नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरुदेखि अत्यन्तै सक्रिय रहँदै आएका विशेषत शब्द सिर्जनाबाट आफ्नो पहिचान बनाएका सर्जक हुन दिपक कडेल । हालसम्म करिब ३ दर्जन गीतमा आफ्ना सिर्जना दिएका कडेलले सिर्जनाको अलावा केही म्युजिक भिडियोमा अभिनय र निर्देशन समेत गरेका छ्न् ।

बागलुङको बिहुमा जन्मिएका दिपक हाल जापान मा कार्यरत छ्न् । परदेशमै रहेर पनि नेपालि गीतसंगीत प्रतिको उनको लगाव र मेहनत उत्तिकै देखिन्छ । जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै १२ घण्टा काम गरेरै पनि गीतसंगीतको यात्रालाई निरन्तर अगाडि बढाइरहेका दिपकको शब्द सिर्जना, अभिनय र निर्देशनमा भर्खरै मात्र ‘फोटो हेरेर’ सार्बजनिक भएको छ ।

जसमा दिपक र गउरादेवी सापकोटाको अभिनय रहेको छ । सचिन चन्दको स्वर, युवराज आचार्यको लय सिर्जनामा रहेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन गोबिन्द बिष्टले गरेका छन्
। https://youtu.be/FSUF7XwK0BM
सम्पर्क

सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

No comments