मुख्य समाचार

१४ प्रतिस्पर्धि लाइ पछी पर्दै पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल (फोटो फिचर)

म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् ।
त्यस्तै प्रतियोगितामा फष्ट रनर्सअप हुन सफल भएकी सोनीयाँ पुनलाई म्युजिक भिडियोमा मोडलिङको अवसर दिने घोषणा भएको आयोजक संस्थाका प्रतिनिधि एवम् गायक प्रदिप बोहोराले जानकारी दिए ।
प्रतियोगितामा सेकेण्ड रनर्सअपमा सुस्मीता बानियाँ, थर्ड रनर्सअपमा एस्पीला बानियाँ र फोर्थ रनर्सअपमा सपना रोकालाई घोषित गरि पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रा.लिका सञ्चालक अन्जन खड्का, प्रवन्ध निर्देशक सुमन खड्का, मिस धौलागिरि बिजेता सिल्पा कार्की, मिस्टर छामेछापका बिजेता सुदिप खड्का भुपेन बनिया जीवन साहानी लगायतले बिजेतालाई पुरस्कार एवम सहभागी प्रतिस्पर्धीहरुलाई विभिन्न २२ विधामा अवार्ड प्रदान गरेका थिए
फाईनलमा पुग्न सफल प्रतियोगिहरुलाई परिचय, क्रियटिभ र अन्तरनिहित क्षमता प्रदर्शन सहित प्रश्न उत्तरबाट बिजेता छनौट गरिएको थियो । १४ देखि २९ बर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउन सक्ने सो प्रतियोगितामा सहभागीलाई तालिम मार्फत नेतृत्व र क्षमता विकास गराईएको थियो भने क्षमता, सुन्दरता र कला प्रदर्शनको आधारमा बिजेता छनौट गरिएको हो ।
सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

No comments