मुख्य समाचार

चलचित्र ‘सत्रु गते’ले गतबर्ष बम्पर कमाई गरेपछि निर्माता किरण केसीको नयाँ चलचित्रको घोषणा

कलाकार किरण के.शी.
चलचित्र ‘सत्रु गते’ले गतबर्ष बम्पर कमाई गरेपछि निर्माता किरण केसीले नयाँ चलचित्रको घोषणा गरेका छन् । यो चलचित्रलाई किरण केसीका छोरा सुजन केसीले निर्देशन गर्ने भएका छन् ।

कलाकार केसीको जन्मदिनको अवसर पारेर आज आयोजना गरिएको कार्यक्रममा ‘दाल भात’ नामक चलचित्रको घोषणा गरिएको हो ।
चलचित्रलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्दैछन् ।

कार्यक्रममा हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कलाकार सन्तोष पन्तलाई सम्मान गरिएको थियो । यस्तै, पत्रकारिताको माध्यमबाट हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो ।चलचित्रमा ‘सत्रु गते’कै टिम हुने बताइएको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीको साथमा दिपकराज गिरी र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहने वुझि
एको छ । तर, किरण केसीको जन्मदिनको अवसरमा भने कलाकारको घोषणा गरिएन ।

कार्यक्रममा हाँस्य ब्यङ्ग्य क्षेत्रका अधिकांश कलाकारहरुको सहभागीता थियो । उनीहरुले किरण केसीको समाजसेवा र व्यक्तित्वको बिषयमा चर्चा गरेका थिए ।

No comments