मुख्य समाचार

सर्जक नरेश बोहोराको दशैं-तिहार गीत सार्बजनीक

नेपाली सांगितीक बजारमा नेपाली चाड पर्ब,बिभिन्न संस्कृती र रहन सहनका बिषयलाई लिएर गीत संगीतको सिर्जना गर्ने गरीन्छ र यहि क्रममा नेपालीहरू हिन्दु धर्माबलम्बिहरूको महान पर्ब बिजया दशमी तथा शुभ-दिपावली नजिकींदै गर्दा धेरै सिर्जनाहरू बजारमा आईरहेको अबस्था छ ।यिनै चाड पर्वलाई समेटेर सर्जक नरेश बोहोराले पनि भर्खरै मात्र गीती कोसेली सार्बजनीक गरेका छन ।
नरेश बोहोराको शब्द,सञ्जय परियारको लय,मुक्ती भण्डारी र शोनिया श्री सर्गमको सुमधुर आवाज रहेको नारायण पन्तको दशैं-तिहार गीत"गरिबलाई चाड पर्ब"भर्खर मात्र सार्बजनीक भएको हो ।
जब चाड पर्ब आउंछ तब हुने खानेले त हर्सोल्लासका साथ चाड पर्ब मनाउंछन तर हुंदा खाने निम्न बर्गका नेपाली दाजु भाई दिदी बहीनी तथा आमा बुवालाई भने चाड पर्बमा खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोल्छ यही बिषय बस्तुलाई अत्यन्त मार्मीक ढंगले गीतमा प्रस्तुत गरेका छन सर्जक नरेश बोहराले ।
हेर्नुहोस गीत

No comments