बडीगाडको तालको सतह बढ्दै गएपछी खल्तुबोट र सिमलचौर डुवानमा पर्ने खतरा बढ्यो !
![]() |
| बडीगाडको तालको सतह बढ्दै गएपछी खल्तुबोट र सिमलचौर डुवानमा पर्ने खतरा बढ्यो ! |
भिङगिठे २०७५ भदौ ३० । तुरतुरेको पहिरोले बडीगाड थुनिएपछी यस क्षेत्रका जनात त्राहिमाम छन् । भिङगिठे पारी मालरानी नजिक बडीगाड खोलामा मिसिने कुतखोला माथी पहिरो देखी तल्लो भाग बडीगाड पूर्णत थुनिएको छ । कुनै कुनै रहहरुमा पानीको ताल देखिएपनि अन्य भाग सुख्खा रहेको छ । तुरतुरेको पहिरो विशाल र भयावह भएकोले बडीगाड च्याप्पै थुनिएकोले त्यस तलका तटीय भागहरु त उच्च जोखिममा परेका छन् नै त्यस्मा पनि पानीको तालको सतह बढ्दै गएपछी ढोरपाटन नगरपालिकाको खल्तुबोट र सिमलचौर डुब्न सक्ने खतरामा परेको स्थानीयले बताएका छन्। जाल्दी प्राबि वरपर खोला भरिएर जलमग्न छ।
ढोरपाटन नगरपालिकाको मल्कतिवाङ र बडीगाड गाउपालिका-७ भिङगिठेको घोकर्ना वीचको ठुला भयाङ भन्ने ठाउँदेखी अन्दाजी ३।४ सय मिटर माथी केहि दिन पहिले नै ठुलो भाग चिरिएको स्थानीयले बताएपछी शुक्रबार विहान मात्रै सो ठाउमा गएर हेर्ने काम भएको गरिएको श्रोतले भन्यो ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !
२०७५ भाद्र ३०, शनिबार ०४:५७




No comments