रामेछापको सुनापति गाउँपालिकामा शनिबारे हाट बजार संचालनमा आएको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३,हिलेदेविस्थित सादीडाँडामा साप्ताहिक(शनिबार)रुपमा हाट बजार असोज १९ गते शनिबारदेखि शुरु भएको हो ।
वडा नम्बर ३का वडाध्यक्ष बाबुराम तामाङको प्रमुख आतिथ्यमा उद्घाटन गरी सञ्चालनमा ल्याएको शीतल हाट बजारमा स्थानीय उत्पादनलाई बजारमुखी बनाउन र प्रत्येक्षरुपमा आर्थिकोपार्जन होस भन्ने मुख्य उद्धेश्यका साथ यो बजार सञ्चालनमा ल्याएको बजार व्यवस्थापन समितिका सचिव विशाल योञ्जनले बताए ।
स्थानीय उत्पादनको बजारीकरण र जनयुद्धको समयमा राज्यपक्षबाट बेपत्ता पारिएका शीतल मगरको सम्झना स्वरुप उक्त हाट बजार संचालनमा ल्याउदा आफूलाई एक्दमै खुशी लागेको वडाध्यक्ष तामाङ बताए । तामाङ भने- हामीले विकासको काम गर्दा इतिहाससँग जोडेर क्रमिक रुपमा अघि बढेको र भोलिका दिनमा समेत सबैलाई समेटेर विकासको काममा कटिबद्ध हुनेछु ।
हाट बजार संचालनले स्थानीय कृषकहरू खुशी देखिन्थे । किनकी त्यही बजारमा कृषि उत्पादन उपजहरू बेचबिखन गर्न पाइनेछ । कार्यक्रममा राज्यद्वारा बेपत्ता शीतलका बुबा मान ब. मगर र गाउँपालिका डाध्यक्षहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।
No comments